२३ असार २०८३, मंगलबार

आज संसदमा सांसदसँग अर्थमन्त्री र वनमन्त्रीको प्रश्नोत्तर

फागुन २९, २०७५
आज संसदमा सांसदसँग अर्थमन्त्री र वनमन्त्रीको प्रश्नोत्तर

काठमाडौं– प्रतिनिधिसभा बैठकको बुधबार दिउँसो १२ बजे बस्दैछ । आजको बैठकमा मन्त्री र सांसदबीच मौखिक प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । 

बैठकमा अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदले सम्बन्धित मन्त्रीसँग मौखिक प्रश्न सोध्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडा र  वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सांसदले सोधेका प्रश्नको जवाफ दिनेछन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट निर्वाचन आयोगको आर्थिक वर्ष २०७४ ०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्