०३ साउन २०८३, आइतबार

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा संसद् अवरुद्ध

फागुन २९, २०७५
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा संसद् अवरुद्ध

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले मधेश थरुहट आन्दोलनबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद् बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर राजपाका राजकिशोर यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदासम्म सदनको कारवाही अगाडि बढ्न नदिने बताए । 

यस अघिको बैठकमा आफूहरूको मागअनुसार सभामुखको रुलिङपछि गृहमन्त्रीले हल्का ढंगले जवाफ दिएको राजपाको आरोप छ । 

‘आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राज्यको चरित्र उजगार हुने भएकाले सरकार प्रतिवेदन सार्वजनिक गर्न चाहँदैन,’ उनले भने । 

राजपाका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले यस विषयमा सरकारलाई निर्देश गरिसकेकाले केही समय पर्खन आग्रह गरे । 

राजपाको विरोधपछि संसद् बैठक १० मिनेटको लागि स्थगित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्