
काठमाडौं – साउदी अरबमा एउटा यात्रुवाहक विमान उडेको केही बेरमै विमानस्थल फर्किएको छ । यात्रुहरूमध्ये एक महिलाले आफ्नो छोरालाई टर्मिनलको प्रतीक्षा क्षेत्रमा बिर्सेपछि विमान फर्किएको हो ।
साउदीया एयरलाइन्सको विमान एसभी ८३२ जेद्दाहबाट मलेसियाको क्वालालम्पुर गइरहेको छ । विमान उडेको केही समयमै एक महिला विमान कर्मचारीकहाँ पुगिन् । उनी एकदमै चिन्तित थिइन् । उनले आफ्नो बच्चा टर्मिनलमै बिर्सेको बताइन् । विमान कर्मचारीदे तत्कालै पाइलटसँग सम्पर्क गरेपछि पाइलटले ट्राफिक कन्ट्रोल रूमलाई यसबारेमा रिपोर्ट गरेका थिए ।
महिलाले आफ्नो बच्चालाई अब्दुल अजील अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर लाउन्जमै बिर्सेकी थिइन् ।
पाइलट र ट्राफिक कन्ट्रोलका अधिकारीहरूबीचको कुराकानीको भिडियो पनि सार्वजनिक भएको छ ।
एजेन्सी