२५ जेठ २०८३, सोमबार

स्थानीय तहको निर्वाचन गराउन २ लाख कर्मचारी आवश्यक

कात्तिक २०, २०७४
स्थानीय  तहको निर्वाचन गराउन २ लाख कर्मचारी आवश्यक

काठमाडौं,१ चैत – निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब २ लाखभन्दा बढी कर्मचारी आवश्यक पर्ने भएको छ ।

निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । ‘अहिले हामीले जिल्ला निर्वाचन कार्यालयलाई उपयुक्त मतदान केन्द्र तोक्न भनेका छौँ’, उनले भने, ‘त्यसपछि हामीले निर्वाचन गराउन आवश्यक कर्मचारी सरकारसँग माग गर्छौँ ।’

उनका अनुसार एक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी राख्ने तयारी छ ।

एक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदाताको नाम रुजु, बूढीऔँलामा मसी लगाउने र सहायक गरी पाँच सरकारी कर्मचारी र तीन स्थानीय स्वयंसेवक राखिने छ । आयोगले मतदान अधिकृतका रुपमा उपसचिव, शाखा अधिकृत र नायब सुब्बासरहको कर्मचारीलाई खटाउने छ ।

प्रवक्ता शर्माले आवश्यक कर्मचारीका रुपमा निजामती र सङ्घसंस्थानका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकलाई खटाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्