०६ असार २०८३, शनिबार

महानगरीय प्रहरी परिसर ललितपुरका सई अख्तियारको फन्दामा

फागुन २९, २०७५
महानगरीय प्रहरी परिसर ललितपुरका सई अख्तियारको फन्दामा

काठमाडौं–महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) प्रकाश चन्द्र घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । 
 
घिमिरेले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट लिएको  इन्टरमिडियट तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको र सो पेश गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभ समेत लिएको देखिँदा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्