
काठमाडौं–नेपाली कांग्रेसले सरकार र स्वतन्त्र मधेस गठबन्धनका प्रमुख सीके राउतबीच भएको सम्झौताका केही बुँदा आपत्तिजनक भएको भन्दै अस्पष्ट रहेको बुँदाको सरकार र गठबन्धनले साझा व्याख्या गर्नुपर्ने माग गरेको छ ।
सरकार स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिअनुसार ‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ भन्ने बुँदाले विभिन्न अशंका उब्जाएको भन्दै कांग्रेसले सम्झौताको यो पंक्तिको साझा व्याख्या सत्ता पक्ष र गठबन्धनको पक्षले मुलुक समक्ष तत्काल प्रस्तुत गर्न माग गरेको हो ।
नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।