२७ असार २०८३, शनिबार

सुर्खेतबाट भरुवा बन्दुकसहित एकजना पक्राउ, विप्लवमाथि प्रतिबन्धपछि उच्च सतर्कता

फागुन ३०, २०७५
सुर्खेतबाट भरुवा बन्दुकसहित एकजना पक्राउ, विप्लवमाथि प्रतिबन्धपछि उच्च सतर्कता

काठमाडौं –सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने  निर्णय गरेपछि प्रहरीले देशैभर उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

गृहमन्त्रालको निर्देशन अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले विप्लवको पार्टीका नेता/कार्यकर्ता र उसका भ्रातृ संगठनहरूलाई निगरानीमा राख्न मातहतका कार्यालयहरूलाई परिपत्र गरिसकेका छन् ।

मन्त्रिपरिषद्को यही फागुन २८ गते बसेको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तुलनात्मक रूपमा विप्लवको राम्रो प्रभाव रहेको मानिएको कर्णाली प्रदेशमा विशेष सतर्कता अपनाइएको सुर्खेतका कार्यबाहक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए । सुर्खेत कर्णाली प्रदेशको राजधानी समेत हो ।

यसक्रममा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ६ झिड्नीबाट २३ वर्षका गोविन्द सुनारलाई भरुवा बन्दुकसहति प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनको साथबाट भरुवा बन्दुकका अलावा बारुद र बन्दुकका पाटपूर्जा समेत बरामद गरिएको डीएसपी क्षेत्रीले बताए ।

स्रोतका अनुसार शंकास्पद गतिविधि गर्ने जो कोहीलाई नछाड्न प्रहरीलाई सर्कुलर छ ।

यसका अलावा काठमाडौं उपत्यकामा एन्टी चाइनिज गतिविधि पनि हुनसक्ने भएकाले त्यसतर्फ पनि उच्च सतर्कता अपनाइएको प्रहरीका एक अधिकारीले बताए ।

विप्लवको खासै प्रभाव नभएपनि प्रदेश २ मा समेत सतर्कता अपनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्