०२ साउन २०८३, शनिबार

वाणिज्य बैंकबाट अब सिक्का पनि पाइने

फागुन ३०, २०७५
वाणिज्य बैंकबाट अब सिक्का पनि पाइने

काठमाडौं –नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रका वाणिज्य बैंकलाई रु १८ लाख मूल्य बराबरको सिक्का उपलब्ध गराउने भएको छ ।

बैंकले एक दरको न्यूनतम छ लाख र दुई दरको १२ लाख सिक्का उपलब्ध गराउने भएको हो । 

धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौं उपत्यकामा सहजरूपमा सिक्का उपलब्ध गराउन लागिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

आम नागरिकको मागबमोजिम सहज रूपमा सिक्का उपलब्ध गराउने दायित्व केन्द्रीय बैंकको दायित्व भएकाले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ । 

बैंकका अनुसार कूल २८ वटा वाणिज्य बैंकले आगामी चैत ३ गतेदेखि आगामी वैशाख १६ गतेसम्म वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ ।

बैंकिङ कारोवार गर्ने समयभित्र सर्वसाधारणलाई सिक्का बिक्रीको व्यवस्था गर्ने निर्णय गरिएको र काठमाडौं उपत्यकाभित्र रहेका आफ्ना शाखामार्फत सिक्का बिक्रीको व्यवस्था मिलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्