०४ असार २०८३, बिहीबार

यी किसानले छोराको बिहेमा गरे  दुईवटा प्लेन चार्टर

चैत १, २०७५
यी किसानले छोराको बिहेमा गरे  दुईवटा प्लेन चार्टर

 धनकुटा–सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रूपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन चार्टर गरेका छन् । धनकुटा महालक्ष्मी नगरपालिका–८ मूर्तिढुंगाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुईवटा प्लेन चार्टर गरेका हुन् ।

दिनेशले काठमाडौं ठमेलकी प्रज्ञा सुवेदीसँग बिहे गर्दा विराटनगरबाट काठमाडौंसम्म सीता र बुद्ध एयरका दुई विमान चार्टर गरेका हुन् । २९ फागुनमा सम्पन्न उनको बिहेमा ७१ जना जन्ती काठमाडौं आएका थिए । धनकुटाबाट विराटनगरसम्म बस र विराटनगरबाट काठमाडौंसम्म प्लेनमा जाँदा आउँदा सात लाख ५० हजार रुपैयाँ खर्च भएको दिनेशका बाबु नगेन्द्रले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्