२९ जेठ २०८३, शुक्रबार

कामना सेवाकोे सिराहा जिल्लामा एकैदिन २ शाखा सञ्चालनमा

कामना सेवाकोे सिराहा जिल्लामा एकैदिन २ शाखा सञ्चालनमा

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्दै थप २ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

२ नम्बर प्रदेशको सिराहा जिल्लाको लहान नगरपालिका, वडा नम्बर ०६ लहान र गोलबजार नगरपालिका, वडा नम्बर ०४ गोलबजारमा फागुन २९ गते आफ्नो ७१ औं र ७२ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका सञ्चालक भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नम्बर २मा ५ शाखा पुगेको र थप शाखाहरू पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा जानकारी गराए ।

बैंकले व्यावसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरू तथा बृहत् शाखा सञ्जालमार्फत  आफ्ना ग्राहकलाई उच्च स्तरको बैंकिङ सेवासुविधा उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

काठमाडौं–३० ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा यी शाखासहित ७२ वटा शाखा कार्यालय तथा २७ वटा एटीएममार्फत आफना ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ ।

बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्