×

NIC ASIA

रुग्ण कम्पनीका लागि सरकारको सहुलियत, खारेजीमा जान सजिलो व्यवस्था

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
काठमाडौं, १ चैत – दर्तामा रहेका तर लामो समयदेखि सञ्चालनमा नरहेका कम्पनीका लागि सरकारले सहज व्यवस्था गरेको छ । मंगलवार व्यवस्थापिका संसदबाट पारित भएको कम्पनी ऐन–२०६३ को पहिलो संशोधनले लामो समयदेखि सञ्चालनमा नरहेका कम्पनीका लागि खारेजीको सहज व्यवस्था गरेको हो ।
यससँगै सञ्चालनमा नरहेका ठूलो संख्याका कम्पनीलाई बाहिरिनका लागि तुलनात्मक रूपमा सहजता प्रदान गरेको छ । कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार अहिले मुलुकभर करीब १ लाख ६६ हजार कम्पनी दर्तामा छन् । तर दर्तामा रहेका ती कम्पनीमध्ये करीब ६० प्रतिशत कम्पनी सञ्चालनमा नरहेको कार्यालयका रजिस्ट्रार प्रेम कुमार श्रेष्ठले बताए । उक्त संख्या झण्डै १ लाख हुन आउँछ ।

यसअघि जटिल कानूनी व्यवस्थाका कारण खारेज हुन नसकेका कम्पनीका लागि संशोधित ऐनले छुट दिएको उद्योग मन्त्रालयका उपसचिव (कानून शाखा) माधवप्रसाद सुवेदीले बताए । खारेजीका लागि व्यवस्था गरिएको यो सुविधा आगामी दुई वर्षका लागि मात्रै रहेको मन्त्रालय बताउँछ ।

व्यवस्थापिका संसदबाट पारित भएको यो संशोधनले चुक्ता पूँजीको शून्य दशमलब ५२ प्रतिशत तिरे खारेजीमा जान सक्ने व्यवस्था गरेको छ । हालसम्म भने सम्बन्धित कम्पनीको चुक्ता पूँजी, सञ्चालनमा नरहेको समयावधि, दफा आदिका आधारमा खारेजीको निर्णय हुँदै आएको छ । यो प्रक्रिया निकै झन्झटिलो र खर्चिलो भएको भन्दै व्यवसायीले गुनासो गर्दै आएका छन् ।
‘लामो समयदेखि सञ्चालनमा नरहेका दस्तुर पनि नतिरेका कम्पनीका लागि संशोधित व्यवस्था निकै सहज छ,’ कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार श्रेष्ठले भने । ‘उदाहरणका लागि ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनी ५ वर्षदेखि सञ्चालनमा छैन र दस्तुर पनि बुझाएको छैन भने चुक्ता पूँजीको शून्य दशमलव ५२ प्रतिशत दस्तुर तिरेर खारेजीमा जान सक्छ,’ रजिस्ट्रार श्रेष्ठले थपे ।

कुनै पनि कम्पनी खारेजीमा जान चाहे सञ्चालक समितिबाट पारित भएर आएपछि प्रक्रिया पु–याए शून्य दशमलब ५२ प्रतिशत दस्तुर तिरेर बाहिरिने व्यवस्था संशोधित ऐनले गरेको छ । मंगलवार व्यवस्थापिका संसद्ले पारित गरेको उक्त ऐन राष्ट्रपतिले लालमोहर लगाएर राजपत्रमा प्रकाशित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x