०९ असार २०८३, मंगलबार

छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढ्दो

चैत २, २०७५
छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढ्दो

काठमाडौं – छोरा मोहका कारण महिलाले छोरीको भू्रणहत्या गर्ने क्रम बढेको छ। लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भएमा हत्या गरिदिन्छन्। सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन्।

आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ–हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए। ‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का निर्देशक आनन्द तामाङले भने। भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो।

नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन्। तीमध्ये ४२ प्रतिशतले मात्र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँछन्। ५८ प्रतिशत गर्भपतन अवैध हुने गरेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्