२३ जेठ २०८३, शनिबार

उपप्रधानमन्त्री निधि र भारतीय पूर्वप्रधानमन्त्री भेटघाट

कात्तिक २०, २०७४
उपप्रधानमन्त्री निधि र भारतीय पूर्वप्रधानमन्त्री भेटघाट

काठमाडौँ, १ चैत - प्रतिआतङ्कवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नयाँदिल्ली पुग्नुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबीच आज बिहान भेटवार्ता भएको छ ।

सिंहको निवासमा भएको भेटमा पूर्व प्रधानमन्त्री सिंहले दुई देशबीचको सम्बन्ध, नेपालको शान्ति प्रक्रिया र विकासका बारेमा कुराकानी भएको उपप्रधानमन्त्री निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए ।

भेटमा उपप्रधानमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए
त्यस अवसरमा पूर्वप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरतापछि विकास निर्माणको कामले गति लिने उल्लेख गर्दै एउटा असल छिमेकीका नाताले भारत सधैँ नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको बताएका थिए ।

उनले दुई देशबीचको पुरानो सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै भोलिका दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । भेटमा उपप्रधानमन्त्री निधिका साथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।

आजै उपप्रधानमन्त्री निधिले भारतीय कम्युनिस्ट पार्टीका नेता डिपी त्रिपाठीसँग पनि भेटघाट गरे ।

salt training

कमेन्ट गर्नुहोस्