३२ असार २०८३, बिहीबार

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको भगवानपुर गाउँपालिका वडा नम्बर १ सिरहास्थित भगवानपुर शाखाको उद्घाटन गरिएको छ ।

भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवबाट शुक्रवार भव्य समारोहबीच शाखाको उद्घाटन भएको छ ।

शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालय, २८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

करीब १४ लाख ५० हजार ग्राहकका साथ सञ्चालनमा रहेको बैंकमा प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्