
काठमाडौं–गण्डकी मेडिकल कलेजमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत २४ वर्षीय शिशिर केसी मृतावस्थामा फेला परेका छन् ।
म्याग्दी बेनी घर भएका केसीको कपडा, मोबाइललगायतका सामान शङ्कास्पद अवस्थामा पोखरा महानगरपालिका–१८ स्थित एक होटल नजीकै ताल किनारमा फेला परेपछि खोजतालका क्रममा केसीको शव फेला परेको प्रहरीको भनाइ छ ।
तालीम प्राप्त कुकुरसहितको प्रहरीले खोजतलास गर्दै जाने क्रममा केसीको शव निकालिएको प्रदेश नं ४ प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।