१५ असार २०८३, सोमबार

सार्वजनिक यातायात व्यवस्थित गर्न कानुन बनाउँदै महानगर

चैत ३, २०७५
सार्वजनिक यातायात व्यवस्थित गर्न कानुन बनाउँदै महानगर

काठमाडौं–काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात व्यवस्थित गर्न कानुनको मस्यौदा तयार गरिरहेको छ । यात्रुले सास्ती खेप्नुपरेको र ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको निष्कर्ष निकाल्दै महानगर कानुन निर्माणमा जुटेको हो ।  नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

१७ फागुनमा बसेको कार्यपालिका बैठकले सार्वजनिक यातायात व्यवस्थापनका लागि ऐन बनाउने निर्णय गरेको थियो । २४ चैतमा बोलाइएको नगरसभामा प्रस्तुत गर्ने गरी विधान समितिले विधेयक बनाइरहेको छ । समितिका सदस्यसचिव वसन्त आचार्यका अनुसार सेवाको गुणस्तर, यात्रुका कर्तव्य, पिक एन्ड ड्रप र एकीकृत यातायात सेवा सञ्चालनलगायतलाई प्राथमिकतामा राखेर ऐन बनाइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्