
रोल्पा – नेक्रवित्रम चन्द विप्लव समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ ।
केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ– घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने ।
विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना नदेखिएको उनीहरूको विश्लेषण छ । सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।