१२ असार २०८३, शुक्रबार

मन्त्रीसरह राजदूत 'लज्जास्पद’, राजदूत कार्कीको विशेष जोडबलमा यस्तो व्यवस्था

चैत ३, २०७५
मन्त्रीसरह राजदूत 'लज्जास्पद’, राजदूत कार्कीको विशेष जोडबलमा यस्तो व्यवस्था

काठमाडौँ — भारत र अमेरिकामा रहेका आवासीय नेपाली राजदूतलाई मन्त्रीसरह मान्यता दिने सरकारको निर्णयलाई विज्ञहरूले ‘लज्जास्पद कूटनीति’ का रूपमा व्याख्या गरेका छन् । कूटनीतिक प्रबन्ध तथा सेवा–सुविधाबारेको अन्तर्राष्ट्रिय प्रबन्ध र मान्यताविपरीत आएको निर्णयले राजदूतको कूटनीतिक पद र गरिमामा ‘विभाजन’ ल्याउने संकेत उनीहरूले गरेका छन् । 

कूटनीतिक व्यवस्थाबारेको भियना अभिसन्धि–१९६१ मा कहींकतै राजदूतको वर्गीकरण नगरिएको अवस्थामा सरकारको पछिल्लो निर्णय आएको हो । भारत, अमेरिकाअघि चीनको बेइजिङस्थित राजदूतलाई पनि सरकारले मन्त्रीसरह मान्यता दिएको थियो । प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतका अनुसार अमेरिकाको वासिङ्टन डीसीस्थित आवासीय राजदूत अर्जुनकुमार कार्कीको विशेष जोडबलमा यस्तो व्यवस्था गरिएको हो ।

पूर्वराजदूत एवं प्रोटोकल मामलाका जानकार मधुवन पौडेलले ‘मन्त्रीसरहको राजदूत’ मान्यतालाई नचाहिँदो लहडमा गरिएको व्यवस्था भनी टिप्पणी गरे । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्