
विराटनगर– विराटनगरमा जारी साफ च्याम्पियनसिप फुटबलमा समुह चरणको अन्तिम खेलमा आईतबार भारत र श्रीलंका भिड्दै छन् । शहीद रंगशालामा दिउँसो ३ बजे खेल शुरु हुनेछ ।
मैदानमा उत्रदा भारत र श्रीलंका सहज जित सहित समूह विजेता बन्ने दौडमा हुनेछन् । समूहको पहिलो खेलमा दुवै टोलीले माल्दिभ्सविरुद्व सहज नतिजा निकालेका थिए । समूह बीको उपविजेता टोलीले सेमिफाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीले फाइनल प्रवेशका लागि बंगलादेशसंग खेल्नुपर्नेछ ।