काठमाडौं- फिल्म ‘लिलीबिली’बाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’ विदेश प्रदर्शनको लागि बिक्री शुरु भएको छ । ट्रेलर रिलिजपछि फिल्मको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो ।
यही २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मलााई सोही छेको पारेर बिदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ । अष्ट्रेलिया प्रदर्शनका लागि गोर्खा इन्टरटेन्मेन्टले २७ लाख रुपैयाँमा खरिद गरेको फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । प्रस्तुतकर्ता शाहीले जापान लगायत अन्य मुलुकबाट पनि फिल्म प्रदर्शनका लागि कुराकानी भईरहेको जानकारी दिए ।
‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ ।
फिल्मको कथा निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।
‘लभ स्टेशन’लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ ।