३० असार २०८३, मंगलबार

क्राइस्टचर्च मस्जिद आक्रमणका अभियुक्त एक मात्र आक्रमणकारी भएको प्रहरीको भनाइ

क्राइस्टचर्च मस्जिद आक्रमणका अभियुक्त एक मात्र आक्रमणकारी भएको प्रहरीको भनाइ

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चमा शुक्रवार दुईवटा मस्जिदमा भएको आक्रमणका अभियुक्तले एक्लै यो कारवाही गरेको प्रहरीले बताएको छ । 

अस्ट्रेलियामा बस्ने ब्रेन्टन ट्यारेन्ट आफूलाई गोरा सर्वोच्चतावादी मान्छन् र उनले फेसबूकमा आक्रमणको लाइभ स्ट्रीमिङ गरेका थिए । 

घटनापछि अन्य तीनजनालाई पनि पक्राउ गरिएको थियो तर उनीहरू घटनामा संलग्न नरहेको विश्वास गरिएको प्रहरी कमिस्नर माइक बुशले बताए । तर यस्तो निष्कर्ष निकालि चाहिँ नसकिएको उनको भनाइ छ । 

उक्त आक्रमणमा ५० जना मारिएका थिए भने ५० जना घाइते भएका थिए । न्युजील्यान्डको इतिहासमा यो सबभन्दा खराब हत्याकाण्ड हो ।

लगभग ३४ जना व्यक्ति अस्पतालमा उपचार गराइरहेका छन् । केहीलाई गोलीले ठूलै घाउ लगाएको छ भने केहीलाई  तन्तुमा सामान्य चोटपटक लागेको अधिकारीहरूले बताएका छन् । 

अधिकारीहरूले अल नूर र लिनवूड मस्जिदहरूमा भएका आक्रमणका पीडितको औपचारिक पहिचान स्थापित गर्न तीव्र गतिमा काम भइरहेको कमिस्नर बुशले जनाए । 

उनले यो संवेदनशील प्रक्रिया भएको र आफू सांस्कृतिक तथा धार्मिक आवश्यकताका बारेमा सचेत रहेको बताए ।

शनिवार मुख्य आरोपी अदालतमा सेतो शर्ट र हतकडी लगाएर देखिए । उनी क्यामराअगाडि मुस्काएका थिए । 

उनलाई एउटा हत्यामा अभियुक्त बनाइएको छ र थप अभियोजन पनि हुने अपेक्षा गरिएको छ । 

कमिस्नर बुशले एक पत्रकार सम्मेलनमा ती २८ वर्षीय व्यक्तिलाई मात्र गोलीकाण्डमा अभियोजन गरिएको बताए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्