२५ जेठ २०८३, सोमबार

राजेश हमाललाई ‘ट्रिब्युट’ गरिने

राजेश हमाललाई ‘ट्रिब्युट’ गरिने

काठमाडौं- राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै महानायक राजेश हमाललाई ‘ट्रिब्युट’ गर्ने जानकारी गराइएको छ । साधना कला केन्द्रले एक पत्रकार सम्मेलनको आयोजना गर्दै ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ गर्न लागिएको जनाएको हो । 

साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर कार्यक्रम गर्न लागिएको बताए । घोषणा कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायक राजेश पायल राई, यम बराल, रवी ओड लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा महानायक हमालको हिट डायलग र गीतको केही भागलाई देखाइएको थियो । 

आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने बताइएता पनि आधिकारिक दिन भने फाइनल नभनसकेको जनाइयो । 

हमालको फिल्म यात्रामा धेरै व्यक्तित्व जोडिएको हुनाले सबै जनाको छलफलपछी आधिकारिक दिन फाइनल गरिने अध्यक्ष मोक्तानले बताए । अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ‘ट्रिब्युट’ गर्ने आइडिया फुरेको पनि उनले बताए ।

राजेशले पनि विभिन्न भेटघाटपछी उद्धेश्य राम्रो लागेर नै आफूले अनुमति दिएको बताए ।

कार्यक्रमलाई साधना कला केन्द्र र लाइभ नेपालले संयुक्त रुपमा गर्नेछन् । राजेशका हिट गीतहरुका गायक, उनको को–स्टारलाई ‘ट्रिब्युट’मा उपस्थित गराउने तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्