
काठमाडौं – बलिउडकी आइटम गर्ल राखी सावन्त उट्पट्याङ बयान र बोल्ड तस्वीर तथा भिडियोका लागि कुख्यात छिन् । उनी अनौठा किसिमका कपडा लगाएर अनेकथरी टिप्पणी बटुलिरहेकी हुन्छिन् ।
मिडियाको नजरमा पर्नका लागि उनी अनेकथरी हर्कत गरिरहेकी हुन्छिन् ।
यसै क्रममा राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो पोस्ट गरेर एक अन्य महिलाका साथ सेतो कट्टु, सेतो टीशर्ट र चम्किलो पहेंलो रंगको विग, कालो चश्मा र सेतो जुत्ता लगाएकी छन् ।
भिडियोमा राखी र उनकी साथीले एकअर्कालाई रंग फ्याँकेको देखिन्छ । उनी मानिसहरूलाई बचेर होली खेल्ने सुझाव दिन्छिन् ।
दुवै साथीहरू मस्ती गर्दै रंग लगाउँछन् र पछि क्यामरातर्फ फर्किएर ह्याप्पी होली भन्छिन् ।
यसैक्रममा राखी रंगको थालीले नै क्यामरालाई आरती देखाउँछिन् । अनि उनकी साथी चाहिँ नाच्न थाल्छिन् । अनि उनीहरू एकअर्कालाई अँगालो हाल्छन् र बेस्टी भन्दै आई लभ यू पनि भन्छन् ।
भिडियो हेरेपछि प्रयोगकर्ताहरूले रमाइला कमेन्ट गरेका छन् । यिनको यो अवतार देख्दा त भूतिनीहरू पनि तर्सिन्छन् भनेका छन् एक प्रयोगकर्ताले ।
एजेन्सी