२३ असार २०८३, मंगलबार

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो

जाकार्ता- इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिवार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । 

यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 

खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यालयका प्रवक्ता जानकारी दिएका छन् । 

स्थानीय समयानुसार साँझ शनिवार छ बजे आएको यस बाढी परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका छन् । बाढीबाट प्रभावित भएकाहरूमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ । 

बाढीले दर्जनौं घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्‍याएको बताइएको छ । घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्