×

NMB BANK
NIC ASIA

निर्माणाधीन 'तल्लो मोदी' आयोजनामा आगलागी, ३ मजदुर घाइते

चैत ४, २०७५

NTC
Premier Steels

पोखरा- पर्वतमा निर्माणाधीन तल्लो मोदी आयोजनामा आगलागी भएको छ ।

Muktinath Bank

विद्युत सर्ट भएर आगलागी हुँदा तीन मजदुर घाइते भएका छन् । आयोजनामा सोमवार दिउँसो पेनस्टक पाइप (सुरुङदेखि विद्युत गृहसम्म पानी पठाउने)मा रङ लगाउने क्रममा विद्युत सर्ट हुँदा आगलागी भएको आयोजनाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२० मेगावाटको निर्माणाधीन तल्लोमोदी जलविद्युत आयोजनामा उत्पादनको मुखमै आएर आगलागी भएको छ । आयोजनाको सुरुङ मार्ग भित्र पाइपमा रङ लगाउने क्रममा अकस्मात आगलागी हुन पाइपमा रंग लगाउदै गरेका ३ जना मजदुर घाइते भएका हुन् ।


Advertisment
Nabil box
Kumari

घाइते हुनेमा विजय पचभैया, अनिल विक र चन्दनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

Vianet communication

आयोजनामा कार्यरत कर्मचारी गोविन्द केसीका अनुसार ३ सय २७ मिटर लामो पाइपको भित्री भागमा रङ लगाउने क्रममा विद्युतको तार सर्ट भएर आगलागी भएको हो ।

आयोजनामा विद्युतीय तार सर्ट भएर आगलागी हुँदा पाइप भित्र लगाएको सबै रङ जलेर नष्ट भएको आयोजना प्रमुख पवनकुमार यादवले बताए । ‘पाइप भित्र लगाइएको रंग जलेर नष्ट भएको छ तर, पाइप फलामको भएकोले पाइपलाई असर गर्दैन,' उनले भने, ‘पाइपको भित्री भागमा लगाइएको रङ र विद्युतको तार मात्रै जलेको हो ।’

आगलागी भएको स्थानमा पाइपभित्रबाट धुवाँको मुस्लो निस्किरहेकोले क्षतिको विवरण आउन नसकेको आयोजना प्रमुख यादवले बताए । आगोको मुस्लो पावरहाउसमा जडित डाइनामो र अन्य उपकरणसम्म समेत फैलिएको थियो । पावरहाउसका उपकरणमा भने क्षति नभएको उनले बताए ।

आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । आयोजनामा लागेको आगो नियन्त्रणमा लिन डिएसपी भुवनेश्वर तिवारी सहितका जनपथ प्रहरी, सशस्त्र प्रहरी, सेना, आयोजनाका कर्मचारी र कुश्मा नगरपालिकाको दमकलको लामो प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

x