
काठमाडौं, २ चैत - नेपालको लागी हुण्डार्ई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले बिगतका वर्ष झंै यस वर्ष पनि हुन्डाई ओपन गल्फ टुर्नामेन्ट को आयोजना गर्ने भएको छ ।
उक्त टुर्नामेन्ट ग्लीनगील्स गोकर्ण गल्फ क्लबमा यही आउदो शनिबार १८ मार्च, २०१७ मा हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फम्र्याटमा र ३/४ ह्यान्डीक्यापमा खेलीने छ ।
यस टुर्नामेन्टमा नेपालका १०० गल्फर्सहरुले प्रतिस्पधा गर्नेछन् । यस टुर्नामेन्टमा विजेता, फस्ट रनर अप, सेकेन्ड रनर अप, बेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता, नाबालक विजेता, हुन्डाई क्याटोगरी विनर, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टू पीन, मोस्ट ब्रीड्ज क्याटोगेरीमा विजेता भोषणा गरिने छ । यसका साथै होल इन वान विजेतालाई उपहार स्वरुप हुन्डाई ग्रान्ड आइ टेन गाडी प्रदान गरिने छ ।
हुन्डाइले विश्वभर नै गल्फखेलको बिकास रप्रबर्धन गर्ने हेतुले बिभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जस मध्ये पिजिए को टुर्नामेन्ट अफ द च्याम्पियनस एक विश्व प्रतिस्ठित टुर्नामेन्ट हो । लक्ष्मी इन्टर कन्टीनेन्टल प्रा.ली. का कार्यकारी निर्देशक श्री निराकर श्रेष्ठले भन्नु भयो, “नेपालमा वार्षिक रूपमा टुर्नामेन्ट आयोजन गर्न पाएकोमा हामीलाई धेरै खुशी लागेको छ । यस वर्षको ओपेन गल्फटुर्नामेन्ट सातौँ सस्करण हो र हामीलाई आशा छ बिगतका वर्ष झैं, यस वर्षको टुर्नामेन्ट पनि रोमान्चक र प्रतिस्पर्धी हुने छ ।
यस किसिमको टुर्नामेन्टले नेपालमा गल्फ खेल को बिकास र प्रबर्धन गर्न थप सहयोग गर्ने छ भन्ने बिश्वास लिएको छु । साथै भबिष्यमा पनि यस किसिमका र यस भन्दा अझै ठुला टुर्नामेन्ट आयोजना गर्ने प्रतिबध्ता जनाउदछौँ ” ।