११ असार २०८३, बिहीबार

चुनाव भारतको, मानमर्दन नेपालको

चैत ८, २०७५
चुनाव भारतको, मानमर्दन नेपालको

नयाँदिल्ली – भारतमा लोकसभा चुनाव आउन केही सातामात्र बाँकी रहँदा राजनीतिक नेताबीच नेपाल र नेपालीको मानमर्दन हुने गरी टिप्पणी गर्ने क्रम बढेको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ–महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सञ्जालमा सुरु गरेको ‘मै भी चौकीदार’ (म पनि चौकीदार) अभियानको मंगलबार विरोध गर्ने क्रममा नेपाल लक्षित टिप्पणी गरेका छन् ।

मोदीको उक्त अभियानको विरोध गर्दै ठाकरेले लोकसभा चुनाव नेपालमा नभएर भारतमा हुन लागेको टिप्पणी गरे । ‘यो अरू केही नभएर नौटंकीमात्र हो, के हो यो चौकीदार भन्ने कुरा  ? के चुनाव नेपालमा हुन लागेको हो कि भारतमा ?’ ठाकरेले भनेका छन् ।

सन् २०१४ को चुनावताका मोदीले आफू मुलुकको चौकीदार भएको दाबी गरेका थिए । मोदीले मुलुकको चौकीदार दाबी गरेको पाँच वर्षपछि रफाल लडाकु विमान खरिदमा ठूलो भ्रष्टाचार भएको आरोप लगाउँदै विपक्षी भारतीय राष्ट्रिय कांग्रेसलगायत दलले उनीविरुद्ध ‘चौकीदार चोर है’ भन्ने मुख्य नारा बनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्