
काठमाडौं -साफ महिला च्याम्पियन्शिप फूटबल प्रतियोगितामा भारतले नेपालविरुद्ध दोस्रो हाफमा अग्रता कायम गरेको छ ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको ६२औं मिनेटमा भारतले २-१ को अग्रता लिएको हो ।
यसअघि २३औं मिनेटमा पहिलोपटक पछि परेको नेपालले ३३औं मिनेटमा साबित्रा भण्डारीको गोलबाट कमब्याक गरेको थियो ।