
महोत्तरी– बर्दिबास नगरपालिकामा नगरसभा प्रक्रियाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सेन्टर फर मिडिया फ्रिडमको आयोजना तथा बर्दिबास नगरपालिकाको सहकार्यमा भएको हो ।
कार्यक्रममा नगरपालिकामा प्रमुख विदुर कार्कीले दोस्रो नगरसभामा अध्ययन गरेर सिस्टममा प्रयत्न गरिरहेको बताए ।
‘हाम्रो विषयगत समिति र नगरबाट आएका आयोजनहरू हामी छलफल गर्छौं । कार्यपालिकाको बैठकमा पारित गर्छौं, र त्यो हाम्रो उपमेयरमार्फत् सभामा त्यो बजेट पेश गर्छौं,’ कार्कीले भने ।
नगरपालिकाका सूचना अधिकारी चेतनाथ भट्टराईले नगरसभाको कार्यसूची १५ दिन अगाडि र मस्यौदाहरू हप्तादिन अगाडि पठाउने गरेको बताए ।
कार्यक्रममा स्थानीय सरकार तथा सुशासन विज्ञ डा. नारायण थापाले नगरसभाको बैठक बस्नु ४८ घण्टा अघि कार्यसूचीबारे जानकारी दिनुपर्ने बताए ।
हेर्नुहोस्, भिडियो :