०४ असार २०८३, बिहीबार

दुई बस एक आपसमा ठोक्किँदा ६० को मृत्यु

चैत ८, २०७५
दुई बस एक आपसमा ठोक्किँदा ६० को मृत्यु

दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । 

प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पहिल्लो समयको सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । 

राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दुर्घटना भएको हो । 

सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिए । 

एक आपसमा ठोक्किएका बेला दुवै बसमा पचास पचास जना यात्रु रहेका थिए । ठोक्किएर बसमा आगलागी भएपछि यात्रुहरु बस भित्रै पोलिएको अधिकारीहरुले जनाएका छन् । 
किन्ताम्पो सरकारी अस्पतालका चिकित्सक अवामे अर्हिमले दुर्घटनामा परी घाइते भएका २८ जनाको उपचार भइरहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्