१० असार २०८३, बुधबार

एसपी विष्टमाथिको थुनछेक बहस सकियो, आदेशको तयारी

चैत ९, २०७५
एसपी विष्टमाथिको थुनछेक बहस सकियो, आदेशको तयारी

कञ्चनपुर– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा कञ्चनपुरका पूर्व प्रहरी प्रमुख दिल्लीराज विष्टको थुनछेक बहस सकिएको छ । 
जिल्ला न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको एकल इजलाशमा शुक्रबार पक्षविपक्षका कानुन व्यवसायीले थुनछेक बहस गरेका थिए । बहस सकिएपनि आदेश भने जारी गरिएको छैन। 
जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले समय अपुग भएकाले शुक्रबारै आदेश जारी गर्न नसकिएको बताए । उनका अनुसार अदालतले आदेश जारी नगरेपछि पूर्वएसपी विष्टलाई प्रहरीकै जिम्मा लगाएको छ । आज प्रकाशित नयाँ पत्रिका दैनिकका अनुसार आइतबार आदेश जारी गरिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्