२० असार २०८३, शनिबार

नेफिन सुदूरपश्चिमको अध्यक्षमा दलबहादुर

नेफिन सुदूरपश्चिमको अध्यक्षमा दलबहादुर

धनगढी- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) थरुहट खसान सुदूरपश्चिम समन्वय परिषदको अध्यक्षमा दलबहादुर घर्तिमगर सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार धनगढीमा सम्पन्न नेफिनको प्रथम अधिवेसनबाट निवर्तमान सचिव समेत रहेका जनजाति अगुवा घर्तिमगर अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यस्तै, उपाध्यक्षमा रामकुमारी चौधरी, देवबहादुर भुजेल, धनवीर राई, निर्प भोटे र गंगा योञ्जन निर्वाचित भएका हुन् । भने मुख्यसचिवमा राजकुमार रानाथारु, सचिवमा मीनबहादुर गुरुङ, विजयराज श्रेष्ठ, कोषाध्यक्षमा बासमति राजी निर्वाचित भएका छन् ।
सदस्यमा यशोदा तिंकरी र तेजबहादुर माझी निर्वाचित भएको थारु कल्णकारिभा कैलालीका कार्यवाहक सभापति माधव चौधरीले जानकारी दिए । निर्वाचित भएका पदाधिकारीहरु विभिन्न जातीय संगठनबाट प्रतिनिधित्व गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्