
कास्की–पोखरा महानगरपालिका ६ लेकसाईडस्थित मितेरी मार्ग बस्ने १६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ५८ वर्षीय सुन्दरकुमार श्रेष्ठ र पोखरा महानगरपालिका ११ फुलवारी बस्ने ३७ वर्षीय सुवास सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनहरुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।