११ असार २०८३, बिहीबार

विप्लवसहितका उच्च नेताहरु निगरानीमा

चैत १०, २०७५
विप्लवसहितका उच्च नेताहरु निगरानीमा

काठमाडौं– प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका तेस्रो वरियताका नेता एवम् मध्य क्षेत्रीय कमाण्ड इन्चार्ज हेमन्त प्रकाश वलीसहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरुमाथि निगरानी बढाएको छ । 
आजको कान्तिपुर दैनिक लेख्छ–प्रहरी चन्द समूहका गतिविधिको सुक्ष्म अनुसन्धान गरिएको छ । उच्च प्रहरी स्रोतका अनुसार सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले केन्द्रीय नेताहरुको मोबाइलमाथि निरन्तर निगरानी राखेको थियो । प्रहरीले सूचना संकलन, निगरानी र कारबाहीको काम गोप्य राख्न प्रहरी प्रधान कार्यालयअन्तर्गतको विशेष ब्यूरोलाई सक्रिय बनाएको छ ।  विप्लव समूहको पूर्वी कमाण्ड इन्चार्जमा अनिल शर्मा र पश्चिम तथा सुदूरपश्चिम कमाण्ड इन्चार्ज धर्मेन्द्र बास्तोला रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्