१७ असार २०८३, बुधबार

मेडिकल कलेजको कर्तुत पर्दाफास, विद्यार्थीसँग ब्याजसमेत असुली

चैत १०, २०७५
मेडिकल कलेजको कर्तुत पर्दाफास, विद्यार्थीसँग ब्याजसमेत असुली

काठमाडौँ – तोकिएभन्दा बढी शुल्क असुल्दै आएको वीरगन्जको नेसनल मेडिकल कलेजले समयमा रकम नबुझाउने विद्यार्थीसँग त्यसको ब्याजसमेत उठाउने गरेको पाइएको छ । मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्धिन अन्सारी सञ्चालक रहेको कलेजले ब्याजबापत प्रतिविद्यार्थी हजारौं रुपैयाँ असुलिसकेको छ । 

आजको कान्तिपुर दैनिक लेख्छ– बिलमा एक विद्यार्थीबाट २ लाख रुपैयाँ लिँदा १५ हजार ब्याज उठाइएको छ । बिल छपाएरै विभिन्न १३ शीर्षकमा मनपरी शुल्क लिँदै आएको कलेजले एमबीबीएस विद्यार्थीबाट १२ लाखसम्म बढी रकम उठाएको यसअघि सार्वजनिक भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्