१५ असार २०८३, सोमबार

विप्लव गलाउँदै सरकार, सीके शैलीमा पक्राउ गर्ने तयारी

चैत १०, २०७५
विप्लव गलाउँदै सरकार, सीके शैलीमा पक्राउ गर्ने तयारी

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको सरकारले उसलाई गलाएरै वार्तामा ल्याउने रणनीति बनाएको छ । विखण्डनकारी मुद्दा बोकेर राजनीतिक अभियान चलाएका सीके राउतकै शैलीमा विप्लवलाई पक्राउ गर्ने र उनलाई जेलमा हालेर उनका कार्यक्रर्तालाई समेत पक्राउ गर्दै गलाउने रणनीति सरकारले अघि सारेको हो । सोही शैलीबाट विप्लवलाई वार्तामा ल्याउनसमेत सहज हुने सरकारको निष्कर्ष छ ।

गृह मन्त्रालय निकट उच्च स्रोतका अनुसार विप्लवको खोजीमा सक्रिय रहन सरकारले प्रहरीलाई निर्देशनसमेत दिइसकेको छ । प्रहरीले सोहीअनुसार नै विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउसमेत गर्न थालिसकेको छ । प्रहरी प्रधान कार्यालयले विशेष टोली खटाएरै विप्लवका उच्च तहका नेतामाथि निगरानी बढाएको गृह स्रोतले जानकारी दिएको छ ।
शनिबार बिहान मात्रै प्रहरीले काभ्रेबाट प्रतिबन्धित नेकपाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसहित नौ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्