१० असार २०८३, बुधबार

चन्दा माग्दै विप्लवको धम्की

चैत ११, २०७५
चन्दा माग्दै विप्लवको धम्की

नवलपरासी –नेक्रवित्रम चन्द विप्लव नेतृत्वको समूहले मोटो रकम चन्दा माग्दै स्थानीय तहका कर्मचारीलाई पत्र थमाउन थालेको छ । 

नगरपालिकामा ५० लाख र गाउँपालिकामा ५ लाखसम्म माग्दै आएको उक्त समूहले नियमित बजेटबाट नमिले विभिन्न योजनाको ठेक्का रकमबाट बुझाउन दबाब दिइरहेको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ–पूर्वी पहाडी गाउँपालिका बुलिङटारमा चन्द समूहका वीरगन्ज इन्चार्जका नामबाट बुझाइएको पत्रमा चैत १४ भित्र रकम दिइसक्न उर्दी छ । पत्रमा गाउँपालिका कार्यालयले कालीगण्डकी, देउसत खोला, फुलमादीलगायत नदी खोलाबाट ढुंगागिट्टी उठाउन लगाएको ठेक्का रकमबाट पार्टी चलाउन भन्दै पहिलो किस्ता १० लाख ५० हजार मागिएको छ । पूर्वी पहाडी भेगमा चन्द समूहका गगन उपनामका नेता सक्रिय छन् । उनैले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीलाई पत्र थमाएका हुन् । अधिकारीले त्यसरी चन्दा दिने स्रोत आफूहरूको नभएको भन्दै अस्वीकार गरेका थिए । अधिकारीसहित उक्त गाउँपालिकाका तीन कर्मचारी बिहीबारदेखि कार्यालय छाडेर हिँडेका छन् । लेखापाल रघुनाथ काफ्ले र इन्जिनियर सञ्जय कुमालले पनि गाउँपालिका छाडेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्