१२ असार २०८३, शुक्रबार

अलपत्र विद्यार्थीबारे दूतावासको चासो

अलपत्र विद्यार्थीबारे दूतावासको चासो

काठमाडौं–नेपाली दूतावासले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको समस्या समाधानका लागि प्रत्यक्ष सरोकार राख्ने निकाय तथा संस्थासँग छलफल गरेको छ । सरकारले एआईबीटी कलेजमा अध्ययनरत विद्यार्थीका समस्या र त्यसको समाधानका उपायबारे सुझाव मागेपछि दूतावासले सरोकारवालासँग छलफल गरेको हो । 

दूतावासले आइतबार एनआरएनसँग मिलेर गरेको छलफलमा अन्तराष्ट्रिय विद्यार्थी संगठन सिसा, शैक्षिक परामर्शदाता, एनआरएन, नेपाली चिकित्सकको संगठन, कलेजका प्रतिनिधिलगायत सहभागी भए । छलफलबाट आएको निष्कर्षलाई सम्बन्धित निकायमा बुझाउने दूतावासले जनाएको छ ।, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्