२९ जेठ २०८३, शुक्रबार

ठेकेदारको लापरबाहीले नौ झोलुङ्गे पुल अलपत्र

ठेकेदारको लापरबाहीले नौ झोलुङ्गे पुल अलपत्र

हुम्ला- जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन । 

सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन् । २०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले चार वटा पुलको जिम्मा र २०७३ सालमा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावलले सात वटा झोलुङ्गे पुलको जिम्मा लिएका थिए ।

पुल निर्माणका सामान समयमै ढुवानी नगर्दा ०७३/७४ मै सम्पन्न हुने निर्माण कार्य रोकिएको छ । त्यसमध्ये चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँको पोरीगाउँ खोला र अदाचली गाउँपालिकाको चाफेटडी झोलुङ्गे पुल निर्माण भएको छ । 

चाफेट्डी झोलुङ्गे पुल प्रमुख प्राथमिकतामा रहेकाले ०७५ मा निर्माण सम्पन्न भएको जिल्ला समन्वय समिति कार्यालय हुम्लाका इञ्जिीनियर देवी ऐडीले जानकारी दिनुभयो । पुलको निर्माण ९० प्रतिशत काम भएको छ ठेकेदारले सामान ढुवानी नगर्दा पुल अलपत्र परेको इञ्जिीनियर ऐडीले बताउनुभयो । 

आर्थिक वर्ष ०७२/७३ मा सकिनुपर्ने मुचु झोलुङ्गे पुल, बुराउसे घटेखोला, ठाडोखोला ठेहे र सिक्पा खोला राहदेवको झोलुङ्गे पुलको सामान ढुवानीका टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले लिनुभएको छ । त्यस्तै आव ०७४/०७५ मा सम्पन्न हुनुपर्ने चारटङ्ग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला कालिका, खारखोला दार्मा मिमि खोला, पोरीगाउँ खोला नेप्का, बालुखोला ट्रस गोठी रोडिकोट सामान ढुवानी जिम्मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावतसँग सम्झौता रहेको प्रमुख इञ्जिीनियर ऐडीले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्