२२ जेठ २०८३, शुक्रबार

नेकपा सांसदलाई ओलीको निर्देशन – गाउँ घुमेर बजेटका लागि नयाँ योजना लिएर आउनुस्

नेकपा सांसदलाई ओलीको निर्देशन – गाउँ घुमेर बजेटका लागि नयाँ योजना लिएर आउनुस्

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी बजेटका लागि गाउँ घुमेर नयाँ कार्यक्रम ल्याउन निर्देशन दिएका छन् ।

सांसदले दिएको सुझावको आधारमा नयाँ बजेट ल्याउने ओलीले बताए ।

संघीय संसदको हिउँदे अधिवेशन सकिएको भोलिपल्ट संसद भवन नयाँ वानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकलाई निर्देशन दिँदै संसदीय दलका नेता समेत रहेका ओलीले जनपक्षीय कार्यक्रमको योजना ल्याउन निर्देशन दिएका हुन् ।

‘आगामी बजेटमा समावेश गर्ने कार्यक्रमबारे गाउँमा घुमेर सुझाव दिन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभयो,’ नेकपा सांसद शेरबहादुर तामाङले लोकान्तरसँग भने । सरकारले गरेका राम्रा काम जनता समक्ष पुर्याउन पनि ओलीले सांसदलाई निर्देशन दिए । 

बाहिर हल्ला चलेजस्तो सरकारले कामै नगरेको अवस्था नरहेको र केही समयमा नतिजा देखिने ओलीले दाबी गरे । यसैसाता हुने लगानी सम्मेलनमार्फत लगानीकर्तामा नयाँ सन्देश जाने उनले बताए ।

प्रधानमन्त्री ओलीले १ महिनाभित्र संसदको बजेट अधिवेशन बोलाएर बजेट पूर्वको छलफल (प्रि–बजेट) गरिने जानकारी पनि दिए । संसद अधिवेशन सकिएलगत्तै सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा फर्किंदै छन् ।

विप्लव समूहलाई चैतभित्र नियन्त्रणमा ल्याउने

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका आपराधिक क्रियाकलापलाई यसै महिनाभित्र पूर्णरुपमा नियन्त्रणमा ल्याउने समेत दाबी गरे । ओलीले आइतवार पनि संसदको बैठकमा विप्लव समूहलाई तह लगाउने चेतावनी दिएका थिए । 

राजनीतिक आवरणमा विप्लव समूहले आपराधिक काम गरेकाले उसका गतिविधिलाई नियन्त्रणमा लिएर अगाडि बढ्ने ओलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्