०५ साउन २०८३, मंगलबार

सांसदलाई विकास निर्माणको बजेट दिनु भ्रष्टाचार : विवेकशील साझा पार्टी

सांसदलाई विकास निर्माणको बजेट दिनु भ्रष्टाचार : विवेकशील साझा पार्टी

काठमाडौं- विवेकशील साझा पार्टीले सांसदलाई विकास निर्माणको बजेट दिनु भ्रष्टाचार मात्र नभई स्थानीय र प्रदेश सरकारको दायित्वमाथिको हस्तक्षेप भएको ठहर गरेको छ । 

सोमवार विवेकशील साझाकी प्रदेश नम्बर ३ कि सांसद शोभा शाक्य हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'सांसदहरूलाई नीति निर्माणको काममा केन्द्रीत गर्नुपर्छ र उनीहरूले आ-आफ्नो क्षेत्रमा भएका विकास निर्माणका कामहरूको अनुगमन गर्नुपर्छ । उनीहरूलाई नै विकास निर्माणका लागि बजेट दिनु भ्रष्टाचार मात्र होइन, त्यो स्थानीय र प्रदेश सरकारको दायित्व माथिको हस्तक्षेप पनि हो ।'

प्रदेश र संघीय दुवै सदनमा सांसदहरूलाई विकास निर्माणका कामका लागि रकम दिने कुराको पार्टीले कडा विरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । 

प्रदेश नं ३ का हरेक सांसदलाई ५०-५० लाखको दुई वटा आयोजना दिने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको निर्णयले सांसदहरूलाई व्यक्तिगत राजनीतिक लाभ हुने सांसद् शाक्यले बताएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्