१७ असार २०८३, बुधबार

कैलालीमा विप्लवका एक कार्यकर्ता पक्राउ, प्रहरीले सूचना लुकायो

कैलालीमा विप्लवका एक कार्यकर्ता पक्राउ, प्रहरीले सूचना लुकायो

धनगढी। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता कैलालीमा पक्राउ परेका छन् ।

सो पार्टीको युवा संगठन नेपाल कैलालीका पूर्व अध्यक्ष रूपलाल देउकरलाई प्रहरीले गोदावरी नगरपालिका ५ स्थित उनकै दाजुको घरबाट सोमबार पक्राउ गरेको परिवारिक स्रोतले जनाएको छ । उनको भाई पुरन देउकरका अनुसार उनी पछिल्लो समय पार्टीमा निस्क्रिय रहेको र गेटा आँखा अस्पताल अगाडी खाजा घर चलाएर बसेका थिए ।
उनका परिवारजनले पक्रउ गरेको बताइए पनि प्रहरीले भने पक्राउ नगरेको जिकिर गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमाुर बस्नेतले पक्राउ परेको वारे थाहा नभएको बताए । उनले भने–‘हाम्रो विशेष अप्रेसन जारी छ । धेरै कुरा बाहिर नआउन पनि सक्छ । तर उनी पक्राउ परेको वारे जानकारी छैन ।’

salt training

कमेन्ट गर्नुहोस्