२० असार २०८३, शनिबार

चैतभित्र प्रतिबन्ध हटाउन विप्लवको अल्टिमेटम, सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी

चैतभित्र प्रतिबन्ध हटाउन विप्लवको अल्टिमेटम, सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी

काठमाडौं– सरकारको प्रतिबन्धमा परेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आगामी चैतभित्र प्रतिबन्ध नहटाएमा सरकारका कार्यक्रमविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
 विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैतभित्र प्रतिबन्ध नहटाए र शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका सबै कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको हो । 
विज्ञप्तिमा ओली नेतृत्वको सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको दाबी गरिएको छ । 
विप्लवले हेमन्त प्रकाश ओलीसहितका आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै स्थायी समितिको निर्णयअनुसार चैत १६ गते नेपाल बन्दको आह्वान गरिएको पनि विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 
कक्षा १० का विद्यार्थीहरुको एसईई परीक्षाका कारण चैत १६ गते शनिबारका दिन बन्द गरिएको विप्लवको विज्ञप्तिमा उल्लेख छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्