
काठमाडौं– दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस मंगलबार विहान दुर्घटनामा परेको छ । ना ३ ख १४४४ नम्बरको बस बिहान ललितपुरकाे हात्तीवनमा दुर्घटनामा परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बयोधा र मनमोहन अस्पताल लगिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।