×

NMB BANK
NIC ASIA

प्रदेशकै ठूलो अस्पतालमा छैन सिटीस्क्यान र इन्डोस्कोपी, निजीमा रिफर

चैत १२, २०७५

NTC
Premier Steels

पोखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अत्यावश्यक उपकरण र चिकित्सकको अभावमा थला परेको छ । गण्डकी प्रदेशकै ठूलो र सुविधा सम्पन्न अस्पतालको रूपमा रहेको यस अस्पताल विगत लामो समयदेखि विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको अभावमा सेवा प्रभावित भएको हो । 

Muktinath Bank

गण्डकी प्रदेशकै सुविधा सम्पन्न र ठूला अस्पताल उपकरण र विज्ञ जनशक्तिको अभावमा थला परेपछि सर्वसाधारण नगरिक स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका हुन् । प्रदेशको इतिहास बोकेको अस्पतालमा सिटीस्क्यान, डायलोसिस गर्ने मेसिनलगायत अन्य अत्यावश्यक उपकरण र सम्बन्धित विज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समयदेखि अस्पतालमा उपचारको लागि आवश्यक पर्ने सिटीस्क्यान र इन्डोस्कोपीजस्ता उपकरण छैन । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण भएर एमडीको अध्यापन गराउने तरखरमा रहेको अस्पतालमा अहिले एकजना पनि न्यूरो सर्जन डाक्टर उपलब्ध छैन । 


Advertisment
Nabil box
Kumari

अस्पतालले आवश्यक उपकरण र न्यूरो सर्जन डाक्टर नभएकै कारण सामान्यदेखि गम्भीर दुर्घटनाका बिरामीलाई गेटबाटै पोखराका अन्य अस्पतालमा रिफर गर्दै आएको छ ।

Vianet communication

अस्पताल प्रशासनका अनुसार लामो समयपछि एमआरआई मेसिन खरीद गरी यसै हप्तादेखि सञ्चालनमा आएको छ । सिटीस्क्यान मेसिन बिग्रिएको डेढ वर्ष पुगेको छ । पाँच वर्षअघि खरीद गरिएको सिटीस्क्यान मेसिन झन्डै तीन वर्षअघि बिग्रिएको थियो । अस्पतालले बिग्रिएको सिटीस्क्यान मेसिन एक बर्ष यतिकै थन्काएर राख्यो । चौतर्फी दबाब आएपछि भारतबाट प्राविधिक झिकाएर मेसिन मर्मत गरियो तर मर्मत गरिएको मेसिन ११ महिनामै पुन: बिग्रिएको थियो । तर तीन वर्ष बितिसक्दा समेत नयाँ मेसिन खरीद गरिएको छैन । 

अस्पतालले मेसिन बिग्रिएपछि विभागको प्राविधिक टोली बोलाएर चेकचाँज गराइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । 'विभागबाट प्राविधिक टोली बोलाएर जेकजाँच गरायौं, उनीहरूले यो मेशिन बनाउन भन्दा नयाँ मेशिन खरीद गर्न उपयुक्त हुने सुझाव दिए,’ उनले भने, ‘प्राविधिक टोलीको सुझाव बमोजिम विभागसँग सिटीस्क्यान मेशिनको माग गर्दै आएका छौं ।’

निर्देशक आचार्यले विभागसँग सिटीस्क्यानलगायतका उपकरणहरूको माग गरेको बताए । ‘सिटीस्क्यानको बारेमा विभागलाई आग्रह गर्दै आएका छौं,’ उनले भने, ‘मेसिन खरीदको सबै जिम्मा विभागको हो । हामीहरूले त माग गर्ने मात्र हो ।’

उनका अनुसार सिटीस्क्यान मेसिन नहुँदा अहिले अस्पतालमा जटिल प्रकारका सबै उपचार सेवा प्रभावित भएको छ । अहिले यस अस्पतालमा दैनिक दुई हजारको संख्यामा बिरामी आउने गरेका छन् भने निरन्तर फलोअपमा आउने बिरामी पनि त्यति नै संख्यामा भएको अस्पतालले जनाएको छ । अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण डेलिभरीको लागि आउने गर्भवती महिलालाई समेत अन्यत्र अस्पतालमा पठाउनु परेको अस्पतालका सञ्चालक समिति सदस्य तीर्थलाल श्रेष्ठले जानकारी दिए ।

त्यस्तै अस्पतालमा किड्नीका समस्याबाट ग्रसित भएर डायलोसिस गर्न आउने बिरामीले पनि लामो समय पालो कुर्दै बस्नु पर्ने बाध्यता रहेको छ । अस्पतालमा थोरै संख्यामा रहेका डाइलाइसिस मेसिनका कारण बिरामीले सहज रूपमा सेवा पाउन सकेका छैन ।

हाल अस्पतालमा रहेका ११ वटा डायलोसिस मेसिनले दैनिक २२ जनालाई बिरामीलाई डायलोसिस सेवा उपलब्ध गराउन सक्ने अवस्था रहेको डा. राजेश अधिकारीले बताउँछन्। 
उनका अनुसार दुई वटा बेड इमर्जेन्सी सेवाका लागि राख्दा दैनिक २० बिरामीले नियमित सेवा लिइरहेका छन् । अन्य बिरामीले पालो कुर्नुपर्ने अथवा अन्यत्र अस्पतालमा जान बाध्य भएका छन् । पाँच सय बेड क्षमताको यस अस्पतालमा अहिले विशेषज्ञसहित एक सय डाक्टर कार्यरत छन् । 

प्रतिष्ठानमा समस्याको चाङ

नागरिक समाज पोखरा र राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका अभियान्ताले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अवस्था नाजुक भएको भन्दै सुधार गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका अध्यक्ष रामबहादुर पौडेलले गण्डकी प्रदेशकै पुरानो र ठूलो एकमात्र सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बेथितिबाट गुज्रिरहेको बताए । ‘सेवाका लागि अस्पतालमा पुग्ने बिरामीहरूले हैरानी झेल्नु परेको छ’ उनले भने, ‘नागरिकहरूले सहज र सरल रूपबाट सेवा सुविधा पाउने अवस्था छैन । यसलाई तत्कालै सुधार गर्न आवश्यक छ ।’ 

अध्यक्ष पौडेलले अस्पतालको सेवालाई प्रभावकारी बनाउन र आवश्यक उपकरणको तत्कालै व्यवस्था माग गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएको बताए । ‘हामीले अस्पतालको सेवा सुधार गर्न र मेमोग्राफी (स्तन परीक्षण मेसिन), सिटीस्क्यानलगायतका उपकरण तत्कालै सञ्चालनमा ल्याउन आग्रह गरेका छौ,’ उनले भने, ‘अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण भइसक्दा समेत अध्ययन अध्यापन शुरू हुन सकेको छैन । तत्कालै अध्ययन अध्यापन शुरू गर्न समेत हामीले आग्रह गरेका छौ ।’ 

यस्तै प्रतिष्ठानमा भीसी, डीनले प्राइभेट प्राक्टिस गरिरहेको, जापान–नेपाल फाउण्डेशनबाट प्राप्त क्लिनिकल प्राक्टिकल गराएको, बस सञ्चालनमा नआएको, फोहोर मैला सफाइका लागि बनाएको गेट प्रयोगविहीन रहेको, बिरामीहरूलाई सहज सेवाको लागि टोकन सिष्टम व्यवस्थित नभएको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा लागू हुन नसकेको लगायतका दर्जनौं समस्याको तत्कालै सुधार गर्न  आग्रह गरेको उनले बताए ।

१० करोड लगानीमा एमआरआई 

लामो समयपछि आइतवारदेखि अस्पतालमा एमआरआई मेसिन सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेसिन अस्पताललाई उपलब्ध गराएको हो । मन्त्रालयले करीब १० करोडको लागतमा सो मेसिन खरिद गरेको हो । 

गण्डकी प्रदेशकै ठूलो र सुविधा सम्पन्न अस्पतालका रूपमा परिचित यस अस्पतालमा एमआरआई मेसिन सञ्चालनमा आएसँगै सर्वसाधारणले सस्तो र सुलभ रूपमा सेवा पाउने प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धि बहादुर थापाले बताए । ‘निम्नदेखि मध्यम वर्गका जनताहरू स्वास्थ्य सेवाको लागी हामीले समयानुकूलको प्रविधि भित्राएका छौं,’ उनले भने, ‘अस्पताललाई आवश्यक अन्य उपकरणहरू समेत हामीले मन्त्रालय र विभागमा माग गरिरहेका छौं । हामीलाई आशा छ, ती उपकरण पनि छिट्टै उपलब्ध हुनेछन् ।’

सिटीस्क्यान मेसिन बिग्रिएर थन्किएकोले पुनः अर्को सिटीस्क्यान मेसिन आवश्यक रहेको थालाले बताए । ‘सिटिस्क्यान मेसिन बिग्रेका कारण उक्त मेसिन प्रयोग गर्न नपाउँदा अस्पतालमा पुगेका धेरै बिरामी सेवाबाट बञ्चित भएका छन्,’ उनले भने, ‘यसको लागि सरकारले तत्कालै आवश्यक निर्णय लिनुपर्छ ।’

अस्पतालमा एमआरआई मेसिन सञ्चालनमा आएपछि सेवाको लागि अस्पताल पुग्ने नागरिकहरूले सहज रूपमा सेवा पाउने प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले बताए । उनका अनुसार प्रति व्यक्ति एमआरआई गरेको न्यूनतम ५ हजार देखि ११ हजारसम्मको शुल्क लाग्ने छ । 

निजी अस्पतालमा एमआरआई गरेको प्रति व्यक्ति ८ हजार देखि २० हजारसम्म लिने गरेका छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x