१० असार २०८३, बुधबार

उत्तर प्रदेशमा भाजपाले जम्मा १ सीट ल्याउँछ : अखिलेश यादव

उत्तर प्रदेशमा भाजपाले जम्मा १ सीट ल्याउँछ : अखिलेश यादव

काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले मंगलवार एक पत्रकार सम्मेलनमा बोल्दै भारतीय जनता पार्टीले उत्तर प्रदेशमा जम्मा १ सीट जित्ने बताएका छन् । 

निषाद दललाई सपा र बहुजन समाज पार्टीको चुनावी साझेदार बनाइएको घोषणा गर्न उक्त पत्रकार सम्मेलन राखिएको हो । 

‘उत्तर प्रदेशमा सपा, बसपा, आरएलडी, निषाद पार्टी र जनवादी पार्टी (सोसलिस्ट) साझेदार बनेका छन् । उत्तर प्रदेशमा ७४ सीट जित्ने दाबी गर्नेहरूले यसपालि कसरी खाता खोल्लान् हेरौंला । उनीहरूले जम्मा १ सीट जित्छन् जस्तो लाग्छ,’ अखिलेशले भने । 

‘चौकीदार भाजपाको मात्र मुद्दा हो,’ उनले भने ।

‘लखनउ सीटमा म जोखिम लिन्छु । लखनउमा विकासको मुद्दा उठाउने उम्मेदवारलाई म उठाउँछु, प्रतिद्वन्द्वीको जातपात र धर्म हेरेर उम्मेदवार उठाउँदिनँ,’ अखिलेशले लखनउ सीटको बारेमा बताए । भाजपाले त्यहाँ केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहलाई उठाएको छ । 

‘मेरो सरकारले गरेको जस्तो लखनउको विकास कुनै सरकारले गरेको छैन । मेट्रो, अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, लखनउ आगरा एक्सप्रेसवे, जनेश्वर मिश्रा पार्क, डेरी, आईटी सिटी सबै मेरै योगदान हुन्,’ उनले भने । 

कांग्रेस अध्यक्ष राहुल गान्धीले गरेको चुनावी वाचाका बारेमा सोध्दा उनले भने, ‘यसअघि पनि मानिसलाई १५ लाख भारु दिइने वाचा गरिएको थियो । समाजवादी पार्टीले मात्र वाचा पूरा गरेको छ । हाम्रो ल्यापटप योजना नै हेर्नुस् । प्रतिज्ञा गरेबमोजिम हामीले ल्यापटप दियौं ।’

‘समाजवादी पार्टीले समाजवादी प्याकेज ल्याउने चुनावी प्रतिज्ञा गरेको छ,’ उनले भने ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्