०९ साउन २०८३, शनिबार

नेपाल–जापान सिधा हवाइ उडान शुरू गर्नेबारे छलफल

नेपाल–जापान सिधा हवाइ उडान शुरू गर्नेबारे छलफल

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापानसँग सिधा हवाइ उडान शुरू गर्नेबारे जापानी अधिकारीसँग छलफल गरेका छन् ।

परराष्ट्र मन्त्रालय सिंहदरबारमा मंगलवार जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका उपाध्यक्ष कोजी ताकाहासीसँगको भेटमा मन्त्री ज्ञवालीले सिधा हवाइ उडानको प्राविधिक विषय छिटो टुंगाउन प्रस्ताव गरेका हुन् ।

‘सिधा हवाई उडानले २ देशका जनताबीच सम्बन्ध प्रगाढ बनाउन मद्दत मिल्ने छ,’ मन्त्री ज्ञवालीले भने । जवाफमा उपाध्यक्ष कोजीले ७ घण्टाको दूरीलाई सिधा उडानमार्फत सम्पर्क विस्तारका लागि छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएका थिए ।

सिधा उडान नहुँदा तेस्रो देशलाई ट्रान्जिटको रुपमा प्रयोग गरेर जापान जानुपर्ने बाध्यता छ । सरकारले हिजो मात्र जापानसँग नेपाली कामदारले जापानमा कामदार लैजाने सम्बन्धी सम्झौता गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्