२५ जेठ २०८३, सोमबार

अब एक लाखको स्वास्थ्य बिमा

चैत १३, २०७५
अब एक लाखको स्वास्थ्य बिमा

काठमाडौँ– ७० वर्षमाथिका ज्येष्ठ नागरिकले बर्सेनि एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सुविधा पाउने भएका छन् । मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्य बिमा नियमावली २०७५’ मा ज्येष्ठ नागरिकको बिमा शुल्क सरकारले तिर्ने व्यवस्था छ । 

नियमावलीअनुसार राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमाअन्तर्गत उपचार सेवा लिन सक्छन् । यसअघि २ हजार ५ सय रुपैयाँको प्रिमियम तिरेर ५ जनाको परिवारले स्वास्थ्य बिमाअन्तर्गत ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान थियो । यसलाई बढाएर एक लाख पुर्‍याइएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्