
काठमाडौँ– ७० वर्षमाथिका ज्येष्ठ नागरिकले बर्सेनि एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सुविधा पाउने भएका छन् । मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्य बिमा नियमावली २०७५’ मा ज्येष्ठ नागरिकको बिमा शुल्क सरकारले तिर्ने व्यवस्था छ ।
नियमावलीअनुसार राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमाअन्तर्गत उपचार सेवा लिन सक्छन् । यसअघि २ हजार ५ सय रुपैयाँको प्रिमियम तिरेर ५ जनाको परिवारले स्वास्थ्य बिमाअन्तर्गत ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान थियो । यसलाई बढाएर एक लाख पुर्याइएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।