२५ असार २०८३, बिहीबार

जसले विवाहित महिलालाई एकैदिन ५११ पटक फोन गरे

जसले विवाहित महिलालाई एकैदिन ५११ पटक फोन गरे

एजेन्सी- गुजरातका एक युवाको विवाहित महिलासँग एकोहोरो माया बस्यो । महिलाले उनको प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले एकै दिनमा ५११ पटक फोन गरे  

उक्त महिला दुई बच्चाकी आमा हुन् । पेशाले डीजे एतल पिल्लैको भेट उक्त महिलासँग पछिल्लो अक्टोबरमा भएको थियो । पिल्लैले महिलाको नम्बर लिए र आफ्नो पनि दिए । यदि कतै पार्टी भएमा सम्पर्क गराउने बहानामा उनले नम्बर साटासाट गरेका थिए । तर त्यसपछि उनले महिलालाई फोन गरेर हैरान बनाए । उनी महिलासँग 'रोमान्टिक रिलेशनसिप' राख्न चाहन्छन् । 

कुरा यतिमै सकिएन । महिलाको पति काममा गएपछि उनी घरको बाहिरसम्म पुगेर हैरान गर्न थाले । यो कुरा महिलाले आफ्नो पतिलाई भने । त्यसपछि श्रीमान-श्रीमतीले पिल्लैसँग कुरा गरेर समस्याको हल गर्नेबारे सोचे । तर १२ मार्चको भेटमा पिल्लैले महिलाको पतिलाई ज्यान मार्ने धम्की दिए । 

पिल्लै यतिमा पनि रोकिएनन् । एक दिन महिलाको घरमा गएर आफूले भनेको नमाने दुई बच्चा र पतिलाई मारिदिने धम्की दिए । २३ मार्चमा पिल्लैले हद पार गरे । उनले एक दिनमा लगातार ५११ पटक फोन गरे । 

त्यसपछि महिलाले उक्त युवकविरुद्ध उजुरी दिएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्